शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई उद्धार गर्न कांग्रेस सांसद गगन थापाले संसदमा दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 521
    SHARES

काठमाडौं । कोरोना भाइरसको प्रभावबाट विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई उद्धार गर्न नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

भाइरसको कारण विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्नु शीर्षकको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन ।

‘नेपाली कामदारलाई रोजगारदताले कयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पारिश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पाइएको छ’ प्रस्तावमा भनिएको छ ‘कयौं श्रमिकहरुले खान नपाएका, पारिश्रमिक नदिइएकाहरु आफूसँग भएको रकम सकिएपश्चात् खाद्यान्न र अत्यावश्यक सामाग्री समेत किन्न नसक्ने अवस्थामा पुगेका घटनाहरू सार्वजनिक भइरहेका छन् ।’

प्रस्तावमा सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेका छन् । यस बिषयमा संसदमा छलफल गरि सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ ।

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, युएई बहराइन, ओमनलगायतका देशमा महामारी बढ्दै गएको अवस्था छ । यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिकहरू समेत स्वदेश फर्कन खोजेका छन भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)