बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 669
    SHARES

२५ जेठ, काठमाडौं । विश्वासको मतका लागि आज सुदूरपश्चिम प्रदेश सभामा प्रस्ताव गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभामा आज भएको मतदान मा मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभएको हो।

यस मत विभाजनको प्रक्रियामा नै एमालेको माधव नेपाल पक्षले विश्वको मतको पक्षमा उभिएपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै देखिएको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । त्यस्तै कांग्रेसले भने मतदानमा भाग लिएन । काँग्रेसले अवाश्यक परे मत दिने भनेको थियो ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी भएनन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)