आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा मन्त्री हेरफेर, मनाङे विना विभागीय


  • माउन्टेन खबर
  • आइतवार, असार १३, २०७८
  • 324
    SHARES

१३ असार, काठमाडौं । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रीपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारी गुरुङलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ ।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुरुङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै रहेका छन् ।

विना विभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ(दीपक मनाङे)लाई जिम्मेवारी दिइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)