सोमवार, बैशाख २४, २०८१

चलचित्र क्षेत्रमा राहत वितरण


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 650
    SHARES
  • चलचित्र निर्माता, निर्देशक अधिकारी भन्छन्- सहयोग अमुल्य

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराउनु भएको छ ।

चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समिति मार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री उपलब्ध गराइएको हो ।

राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न ८ वटा संगठनहरु मार्फत उक्त राहत सामग्री वितरण गर्न लागिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । उहाँले कुल ६ हजार ७ सय ५० किलोग्राम चामल र ८ सय २५ किलोग्राम दाल उपलब्ध भएको बताउनुभयो । कोरोना भाइरस ९कोभिड–१९० रोकथामका लागि लकडाउन गरिएपछि चलचित्र क्षेत्र बन्द भएको र चलचित्र निर्माण समेत प्रभावित भएपछि त्यस क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेकोले राहतको आवस्यकता परेको अधिकारीले बताउनुभयो । उहाँले प्राप्त राहत सामग्री दैनिक श्रम गरेर जीविको पार्जन गर्ने श्रमिकहरुका लागि वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

राहत सामग्रीको वितरण आदिवासी जनजाति महासंघमार्फत ४५ बोरा, नृत्य संघमार्फत ४५ बोरा, निर्देशक समाज मार्फत ३० बोरा, ब्लु डाइमण्ड सोसाईटी मार्फत ३० बोरा, चलचित्र प्राविधिक संघ मार्फत ३५ बोरा, चलचित्र द्धन्द्ध कलाकार संघ मार्फत ३५ बोरा, र संगित उत्पादन समाज मार्फत ३५ बोराका दरले हुने अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }