बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ : कर्णाली प्रदेश प्रमुख


  • माउन्टेन खबर
  • मङ्लबार, असार १५, २०७८
  • 709
    SHARES

१५ असार, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश प्रमुख कलौनीले शुभकामना सन्देशमार्फत भन्नुभएको छ, “कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उहाँहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ यो दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एकापसमा सघाउने (परिमो) र रोप्दै असारे भाकाका गीत गाउनेजस्ता क्रियाकलापले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।”

उहाँले ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कृषि कर्ममा लाग्न आह्वान गर्नुभएका प्रदेश प्रमुख कलौनीले व्यावसायिक कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सकिए कृषिमा आत्मनिर्भर नेपाल निर्माणमा सघाउन पुग्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने विश्वास लिएको जनाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)