आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशसभाको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, असार २१, २०७८
  • 644
    SHARES

हेटौडा ,२१ असार

आज (सोमबार) वाग्मती प्रदेशसभाको बैठक बस्दै छ । प्रदेशसभाको बैठक दिउँसो एक बजे बस्न लागेको हो । हिजो (आइतबार) अपराह्न तीन बजे बस्ने भनिए पनि विशेष कारण देखाउँदै आज (सोमबार) दिउँसो सम्मका लागि सारिएको थियो ।

आजको बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने भएको छ । यता विपक्षी दलहरुले भने विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । त्यसैको सन्दर्भमा हिजो (आइतबार) हेटौंडामा सर्वदलीय बैठक समेत बसेको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)