आइतवार, बैशाख २३, २०८१

विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि कसरी फिर्ता ल्याउँछ ?संसदमा गगन थापाको प्रश्न


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 447
    SHARES
  • फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो की मान्छे हो ? दुबै हो । जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन ।  जसलाई पसिनाको गन्धको आनन्को अनुभूति हुँदैन त्यसले माटोकाे सुगन्ध पनि थाहा पाउन सक्दैन ।

मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन् ।’’

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उहाँले बताउनुभयो । सामान्य मानिसको क्षमता काम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखि बर्बाद नै हुने उहाँले बताउनुभयो ।

थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताउनुभयो ।

विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखी भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौ भनेर कसैले भनेनन् ? रोजगारी बृद्धि ,हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखौ मानिस बेरोजगारी भइसके भनेर सकैले भनेनन् ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन् ?’’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उहँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }