शनिबार, बैशाख २२, २०८१

निजी क्षेत्र पनि अख्तियारको कार्यक्षेत्र भित्र पार्ने विषयमा विज्ञ तथा सांसदहरुको विरोध


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ८, २०७७
  • 329
    SHARES

 

भष्ट्राचार निवारण सम्बन्धी विधेयकमा निजी क्षेत्र पनि अख्तियारको कार्यक्षेत्र भित्र पर्ने विषयलाई विज्ञ तथा सांसदहरुले विरोध गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा उपस्थित विज्ञ तथा सांसदहरुले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी कानून ल्याउन नहुने बताएका हुन् । कानून आयोगका अध्यक्ष माधव पौडेलले निजी कम्पनीहरुलाई अख्तियारको क्षेत्राधिकार भित्र पर्नेगरी कानून निर्माण गर्न नहुने बताउनुभयो । सबै निजी कम्पनीहरुलाई भष्ट्राचारको दायरा भित्र राखेर अख्तियारको कार्यक्षेत्र भित्र पर्ने गरी कानून निर्माण गर्न नहुने अध्यक्ष पौडेलले बताउनुभएको हो । उहाँले चरणवद्ध रुपमा विभिन्न क्षेत्रलाई भष्ट्राचारको दायरामा ल्याउन सकिने बताउनुभयो ।

पहिलो चरणमा जनताको पैसा रहने क्षेत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, दोस्रो चरणमा पब्लिक लिमिटेडलाई हेर्नेगरी कानून निर्माण गर्नु उपयुक्त हुने तर प्राइभेट लिमिटेड कम्पनीमा जान नहुनेमा उहाँले बताउनुभयो । निजी क्षेत्रले कम्पनी दर्तामा सहज बनाउने तथा अनुदानका विषयमा माग राख्दै आएको अवस्थामा यस्तो कानून आउनु उपयुक्त नहुने उहाँले बताउनुभयो । तर सरकारले अनुदान दिएर सञ्चालमा आएका कम्पनीहरुलाई भने भट्राचार निवारण भित्र पार्नेगरी कानून निर्माण गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

सांसद राधेश्याम अधिकारीले नेपालमा सबैभन्दा पारदर्शी रुपमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र निजी कम्पनीहरुले काम गरिरहेको उल्लेख गर्दै अख्तियारको अधिकार क्षेत्रभित्र पर्नेगरी कानून निर्माण गर्न नहुने बताउनुभयो । उहाँले अख्तियारलाई हस्तक्षेप गर्न दिई नियमनकारी निकायलाई कमजोर बनाउन नहुने बताउनुभयो । उहाँले विभिन्न क्षेत्रलाई नियमन तथा अनूगमन गर्न नियामक निकायहरु बनाइएकाले अख्तियारको हस्तक्षेप हुन नहुने बताउनुभयो ।

सांसद ठगेन्द्र प्रसाद पुरीले निजी क्षेत्रले स्वतन्त्र भएर काम गर्न तथा आफुलाई विकास गर्ने कुरा खोसेर अख्तियारलाई नियमन गर्ने जिम्मा दिन नहुने बताउनुभयो । उहाँले अख्तियारले पनि आफ्नो काम के हो भन्ने कुरा भुलेर लाभ कहाँ छ भन्दै खोज्दे हिंडन नहुने बताउनुभयो ।

सांसद बिमला राई पौडेलले सरकारका अंगहरु सबैलाई अख्तियारको कार्यक्षेत्र भित्र पार्न सकिने तर नियामक निकायबाट नियमन गरिने तथा निजी क्षेत्रलाई अख्तियारको जिम्मा लगाउन नहुने बताउनुभयो । उहाँले अख्तियारको दायरा फराकीलो पार्दै जाने भन्दा पनि अनुसन्धानलाई मजबुत बनाउने तर्फ कानूनले ध्यान दिनुपर्ने बताउनुभयो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले क्षेत्रगत नियमनलाई बलियो बनाउँदा त्यस क्षेत्रको सुशासन बलियो हुनेमा दुइमत नरहेको बताउनुभयो । उहाँले नियमन निकायबाट सञ्चालित क्षेत्रलाई भष्ट्राचार निवारणको दायराभित्र ल्याउँदा नियामक निकायको अधिकार नखोसिने बताउनुभयो । उहाँले निजी क्षेत्र, सरकार िक्षेत्र तथा राजनीतिक क्षेत्रमा कतैपनि भ्रष्टाचार नहोस भन्ने उद्देश्य सहित नै विधेयक लयाइएको बताउनुभयो ।

‘भष्ट्राचार निवारण (पहिलो संशोधन(विधेयक, २०७६’ मा मूल ऐनको दफा २ माथि सार्वजनिक संस्थालाई पनि समावेस गरिएको छ । जसमध्ये नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको वा प्रचलित कानून बमोजिम स्थापित संस्था, कम्पनी, समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद, बैंक, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्था माथि पनि भष्ट्राचार निवारण सम्बन्धी कानून क्रियाशिल हुने व्यवस्था गरिएको छ ।

नोटः यस समाचारमा प्रयोग गरिएको सांसद राधेश्यम अधिकारीको बाइट अगाडिबाट खिच्न नदिएको हुँदा साइड प्रोफाइल परेको छ, समाचारमा उहाँको बाइट महत्वपूर्ण भएको हुँदा पठाएका छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }