आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच हजारभन्दा बढीले भरे गोसाइँकुण्ड मेला


  • माउन्टेन खबर
  • आइतवार, भदौ ६, २०७८
  • 551
    SHARES

रसुवा,६ भदौ

रसुवाको गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने मेला सकिएको छ। नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)सम्म लाग्ने यो वर्षको गोसाइँकुण्ड मेला सकिएको हो। गत साउन २९ देखि भदौ ६ सम्म लागेको मेलामा पाँच हजारभन्दा बढी भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

विगतका वर्षहरूमा व्यवस्थित रूपमा मेला सञ्चालन हुने गरेको भए पनि यो वर्ष कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मेला स्थगित गर्ने निर्णय गरिएको थियो। यद्यपि, सार्वजनिक यातायातका साधन सञ्चालनमा नै रहेकाले तीर्थालुको आवागमन भने कम भएन।

विगतका वर्षहरूमा जनै पूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेलामा जानकारी दिन हेल्प डेस्क, स्वास्थ्य शिविरलगायतको व्यवस्थापन हुने गरेको थियो। तर, यो वर्ष मेला स्थगित गर्ने औपचारिक निर्णय भएकाले यी सुविधाको व्यवस्थापन नगरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए। उनका अनुसार मेला व्यवस्थित रूपमा सञ्चालन नभए पनि सुरक्षालाई मध्यनजर राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ।

गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाका दिन ऋषितर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिम विश्वास रहिआएको छ।

१०८ कुण्ड रहेको रसुवा जिल्लामा बर्सेनि हजारौँको संख्यामा भक्तजनहरू आउने गरेका छन्। समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)