बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना


  • माउन्टेन खबर
  • सोमवार, भदौ १४, २०७८
  • 489
    SHARES

१४ भदौ, सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार बिहान लिखित शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मौलिक रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले परापूर्व कालदेखि मनाउँदै आएको गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट पहिचान समेत रहेको उल्लेख गर्नुभएको छ ।

सदियौँदेखि मनाउँदै आएको गौरा पर्वले आफ्नो मौलिकता कायम राख्न सफल भएको मुख्यमन्त्री भट्टको भनाइ छ । कोरोना सङ्क्रमणको महामारीबाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुसीयालीका साथ मनाउनु हुने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री भट्टले गौरा पर्वले प्रदेशवासी बिच सद्भाव तथा एकता कायम रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)