बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा एकैपटक एमालेका १३ सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 410
    SHARES

१५ भदौ, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) मा लागेका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।

सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस) मा सनाखत गर्न लागेका हुन् ।

सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

प्रतिनिधिसभा विघटनपछि माधव नेपाल समूहमा उभिएका १७ मध्ये १३ जनाले नयाँ पार्टीमा जाने निर्णय गरेका हुन् । यसअघि माधव समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह, प्रकाश रावल, पूर्वमन्त्री कृष्णराज सुवेदी, गोविन्द कुँवरले भने नयाँ पार्टीमा नजाने बताएका छन् । उनीहरु एमाले उपाध्यक्ष भीम रावल निकट मानिन्छन् । रावल माधवलाई छाडेर एमालेमा फर्किएका छन् ।

अहिले नेकपा एसमा जान चाहने प्रदेशसभा सदस्यको हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । हस्ताक्षर सकिएलगत्तै प्रदेश निर्वाचन आयोगमा सनाखत गराइने नेकपा एसकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् । ‘आज नभए भोलिसम्म निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँछौं,’ उनले भनिन् । सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)