सोमवार, बैशाख २४, २०८१

पूर्वमन्त्री दिपक खड्का भन्छन्, समस्यामा परेका संखुवासभाबासीलाई सहयोग गर्छु


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 2.4K
    SHARES

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता दिपक खड्काले काठमाडौँमा बस्ने संखुवासभाका विद्यार्थी तथा मजदूरलाई समस्या परे सहयोग गर्ने बताउनुभएको छ ।

संखुवासभाबाट २०७० सालमा निर्वाचित सांसदसमेत रहनुभएका नेता खड्काले विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले लकडाउन गरिसकेको वर्तमान परिस्थितीमा विद्यार्थी र मजदूर क्षेत्रमा समस्या आउनसक्ने भन्दै सहयोग गर्ने बताउनुभएको हो ।

“संखुवासभाबाट काठमाडौँ आएर जो अध्ययन र मजदूरी गरिरहनुभएको छ, उहाँलाई खानको समस्या उत्पन्न नहोस् भनेर मैले सहयोग गर्न लागेको हो,”–नेता खड्काले भन्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका खड्काले विपत्तीको सामना सँगै मिलेर गर्नसमेत संखुवासभाबासीलाई आह्वान गर्नुभएको छ । उहाँले विद्यार्थी र मजदूरलाई अफठ्यारो परे आफ्नो नम्बर ९८५१०५३९१९, सेवक पोखरेलको नम्बर ९८५१०२०६०४, श्यामसुन्दर शेर्पा ९८५२०५१४०७ र सन्दिप निरौलाको ९८५१०३७१७९ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ ।

उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन घरभित्र बस्नसमेत सम्पूर्ण देशबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }