१० कात्तिक, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाउनुभएको छ । बुधबार दिउँसो मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएको पत्र प्रदेश प्रमुख यादव शर्मा समक्ष बुझाउनुभएको हो ।
प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको शाक्यले त्यसलगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाउनुभएको छ । शाक्यले एमालेको एकल बहुमतसहित गत भदौ २ गते मुख्यमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
त्यसो त एमाले विभाजन भएपछि शाक्यको पार्टी एमाले प्रदेशमा अल्पमतमा परेको थियो । हाल बागमती प्रदेश सभामा एमालेका ४३ मात्रै सांसद रहेका छन् । कुल १०९ सांसद रहेको बागमतीमा सरकार चलाउनका लागि ५६ सांसदको आवश्यक्ता पर्दछ ।
