आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 239
    SHARES

काठमाडौं,१५ कात्तिक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्।

गत बिहीबार सत्ता गठबन्धनका तर्फबाट ५९ जना प्रदेश सभा सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)