काठमाडौं, १९ कात्तिक
ललितपुरको मगंलबजारमा खाने पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ। त्यस्तै दुई जना घाइते भएका छन्। इन्द्रमणि ताम्राकारको घरमा ग्यास विस्फोट भएको हो।
घाइतेहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले बताउनु भयो।
