आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २२, २०७८
  • 271
    SHARES

२२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताउनुभयो ।

गत कार्तिक ११ गते मख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले संविधान बमोजिम आज विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)