आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पाण्डेले पेश गरे विश्वासको मतसम्बन्धी प्रस्ताव


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २२, २०७८
  • 266
    SHARES

२२ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । सोमबार दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको बैठकमा उहाँले प्रस्ताव पेश गर्नुभएको हो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको उहाँले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले मत दिने निश्चित छ। योसँगै उहाँले विश्वासको मत पाउने पनि निश्चित देखिन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)