आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २५, २०७८
  • 302
    SHARES

हेटौंडा, २५ कात्तिक

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल (धादिङ) र कांग्रेस संसदीय दलका सचिव निमा लामा (सिन्धुपाल्चोक) लाई मन्त्रीमा नियुक्त हुनुभएको हो । जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीलाई आजै शपथ गराउनुभयो ।

गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हाल्नुभएको थियो ।

यसैगरी सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनालले आआफ्नो मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएसँगै उक्त पदमा पाण्डे नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)