आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका तिन जना निर्वाचित


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २२, २०७८
  • 676
    SHARES

रसुवा, २२ मंसिर ।

नेपाली कांग्रेसको बागमती प्रदेश सदस्यमा रसुवाका तिन जना निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको बागमती प्रदेशको अधिबेशनबाट रसुवाका तिन जना सदस्यमा निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यमा भएको निर्वाचनमा नेपाली कांग्रेस रसुवाका नेता तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यमा ६ जनाका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा लम्साल ७५२ मत प्रास्त गरेका छन् । खुल्ला सदस्यमा उहाँ तेस्रो स्थान रहेको बताइएको छ ।

लम्साल नेपाली कांग्रेसमा सक्रिय रुपमा भुमिका निर्वाह गर्दै आउनुभएका नेता हुनुहुन्छ । निर्वाचनको मत परिणाममा बिजयी पश्चात माउन्टेन खबरसँगको कुराकानीमा लम्सालले नेपाली कांग्रेसको प्रदेश समितिमा रहेर संगठन निर्माणमा बलियो बनाउन आफु लागि पर्ने बताउनुभयो ।

त्यसैगरि बागमती प्रदेश सदस्यमा भुगोल तर्फ महिलाबाट शेषकुमारी अधिकारी र नेपाली कांग्रेस रसुवाका पूर्व सभापती समेत रहेका नेता लामाकार्पू तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)