आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, पुस ७, २०७८
  • 552
    SHARES

७ पुस, काठमाडौं । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी कूल १०९ सांसद रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)