शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुग्यो,आज ४ सय २५ जना नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 1.5K
    SHARES

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताउनुभयो ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जना जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् ।

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)