मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काङ्ग्रेस नेता अधिकारीले दिए तारुकाका गोरूकिसानलाई नगदसहित पदक


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 820
    SHARES

४ माघ, नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी `अविरल´ ले नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ३ मा माघेसंक्रान्तिका दिन जुधाउन गोरू पाल्ने किसानहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन् । अधिकारीले आज ४२ गोरुधनी किसानलाई कुल १ लाख २६ हजार नगद र ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ प्रदान गरेका हुन ।

तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व कोरोना महामारीको कारण स्थगित भएपछि किसानको मनोवल उच्च राख्न भन्दै उनले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ।

सोहि अनुरुप ४२ जना किसानलार्ई ३ हजारका दरले कुल १ लाख २६ हजार सामाजिक दुरी कायम गरी हस्तान्तरण गरिएको हो । यसका साथै सबै गोरुपालक किसानलाई ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ मेडलसहित सम्मान गरिएको छ । सास्कृतिक रक्षार्थ जुट्नुभएका गोरूपालक किसानहरुलाई यो रकमसहितको सम्मानले मनोवल बढाउन मदत गर्ने उनको विश्वास छ । यो मेलाको संरक्षण र सम्बर्द्धनका लागि सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि नेता अधिकारीले जनाए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले यो पटक कोरोना महामारीको कारण मेलालाई निरन्तरता दिन नसकेकोमा दुख व्यक्त गरे । मेलाको संरक्षणका लागि गोरूपालक किसानलाई प्रोत्साहन गर्न आवश्यक सहयोग गर्न वडा तयार रहेको जनाउ उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)