मङ्लबार, बैशाख २५, २०८१

संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्त नदिन अख्तियारलाई काँग्रेस प्रबक्ताको चिठ्ठी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 696
    SHARES

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्त दिन नहुने बताएका छन् । उनले अहोरात्र जारी मेहनतलाई प्रत्साहिन गर्ने तर संकटका गरिएको भ्रष्टाचारलाई उन्मुक्ति दिन नहुने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका हुन् ।

सामाजिक संजाल ट्विटरमार्फत अख्तियारलाई स्मृति पत्र लेख्दै संकटका बेला सबै दल र नागिकरले साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारलाई ध्यानाकर्षण गराएका हुन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि सरकारले चीनबाट ल्याएको सामान खरिदमा  व्यापक अनियमिता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये चिनियाँ दूतावास र ज्याक मा पाउन्डेसनले उपलब्ध गराएको सामग्री र सरकारले खरिद गरेको सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएपछि सरकारले संकटको बहानामा भ्रष्टाचार गरिरहेको भन्दै समाचारहरु प्रकाशित भईरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }