मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा हिमपातले जनजीवन प्रभावित


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 585
    SHARES

२१ माघ, रसुवा । गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

लाङ्टाङ, बृद्धिम, चन्दनबारी, खैदी, थुमन, नाकथली, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, ग्रे, नेसिङ, राम्चे, यार्सा, सिङ्बन्दी र लाङ्बु क्षेत्र हिमपातले प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै लोकिल, धुञ्चे, ठाडे, ठूलोस्याफ्रु, ब्राबललगायत डेढ दर्जन गाउँमा हिमपात भएको बताइन्छ ।

वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोषिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्यालढोका खोल्नसमेत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरीगाई, भेंडाबाख्रालगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ– समाजमा कुनै समस्या आएमा तुरून्तै जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिई विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको सहायक प्रजिअ थापाले बताउनुभयो । कुनै पनि विपद् व्यवस्थापनमा उद्धारकर्मी तयार रहेकाले

जिल्लास्तरमा तुरून्तै सूचना दिने कामलाई प्राथमिकता दिन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)