२१ माघ, काठमाडौं । नेपाली कांग्रेस, नुवाकोटका युवा नेता शिव अधिकारी अविरलले पार्टीको वडा कार्यालयलाई फर्निचर सहयोग गर्नुभएको छ । तारकेश्वर गाउँपालिका वडा-४ को पार्टी कार्यालय स्थापना गर्न अधिकारीले ‘मायाको चिनो’ भन्दै दराज, टेबल र कुर्सी सहयोग गर्नुभएको हो।
बिहीबार तारकेश्वरको बुधसिंहमा पार्टीका स्थानीय नेता-कार्यकर्तासँगको भेटघाटका क्रममा अधिकारीले वडा कार्यसमितिका पदाधिकारीलाई सहयोग हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले पार्टी र समाजका निम्ति आफ्नो क्रियाशीलता आगामी दिनमा अझ तीव्र गतिमा अघि बढ्ने बताउनुभयो ।
यसअघि उहाँले तारकेश्वरकै ५ नम्बर वडाको पार्टी कार्यालयका लागि ७० हजार रुपैयाँको फर्निचर सहयोग गर्नुभएको थियो । माघे संक्रान्तिमा तारुकाको गोरु जुधाइ मेला कोरोनाका कारण रोकिएपछि किसानहरूको मनोबल नगिरोस् भनेर उहाँले १ लाख २६ हजार नगद पुरस्कारसहित ‘गोरुधनी किसान पदक-२०७८’ वितरण गर्नुभएको थियो ।
युवा नेता अधिकारी डेढ दशकदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । भूकम्पपछिको पुनर्निर्माणदेखि अहिलेको कोरोना महामारीसम्म आइपुग्दा अधिकारीले गाउँमा “संकटको साथी”को छवि बताउनुभएको छ । उहाँको पहलमा तारकेश्वरमा स्कुल, हस्पिटल, सडक, खानेपानी, मन्दिर, गुम्बा, सामुदायिक भवन आदि बनेका छन् ।
