बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाण्डौ महानगरपालिकाका छाया मेयर राजुराज जोशीको मेयर शाक्यलाई प्रश्न : खोइ तथ्याङ्क


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 1.8K
    SHARES

नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका प्रत्यासी राजुराज जोशीले विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन् ,तिनीहरुको तथ्याङ्क जनतालाई दिदै उनीहरुको अवस्था के छ सार्वजनिक गर्न महानगरका मेयर शाक्यलाई आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै जोशीले महानगर जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाएका छन् ।

लकडाउनको बेला जनतालाई उपभोग्य बस्तुको वितरण सहज बनाउन समेत उनले शाक्यलाई अनुरोध गरेका छन्।

जोशीले  कोरोनाका कारण कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण तर्फपनि शाक्यको ध्यानाकर्षण गराएका छन् ।

जोशीले महानगरले नागरिकलाई सहज र सुलभ हुने खालका प्याकेज घोषणा गर्नपनि शाक्यलाई आग्रह गरेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)