मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अख्तियारद्वारा वन अधिकृतसहित् तीनजनाविरुद्ध मुद्दा दायर


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ४, २०७८
  • 486
    SHARES

४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति आज उक्त अदालतमा मुद्दा दायर गरेको हो ।

घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनुपर्ने मागदाबी गर्दै आयोगले निजको छोरा नवीनकुमारको बैंक खातामा रु ४० लाख जम्मा भएको जनाएको छ । आयोगले नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी मुद्दा दायर गरेको हो ।

आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले रु २५ लाख दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ । ग्याल्जेनको मृत्यु भइसकेकाले सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार कारबाही हुन माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)