आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तेजनाको राजनीति देशका लागि घातक: महामन्त्री थापा


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २०, २०७८
  • 441
    SHARES

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनुभयो ।

एमसिसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताउनुभयो ।

महमन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताउनुभयो । आसन्न निर्वाचनका लागि पार्र्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पु¥याउनुछ ।”

महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिनुभयो । आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेत्री कोपिला रानाभाट, कृष्णचन्द्र बराललगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीकारुपमा स्थापित गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)