शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कञ्चनपुरमा थपिए १९ हजार मतदाता


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २९, २०७८
  • 821
    SHARES

२९ फागुन, कञ्चनपुर । कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ ।

नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता दुई लाख ९७ हजार ३४१ रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टले जानकारी दिनुभयो । “नामावली दाबी विरोधको अवधि सकिएपछि अहिले मृत्यु भएकाको विवरण सङ्कलन गरेर आयोगमा पठाउने काममा खटिएका छौँ ।” उहाँले भन्नुभयो, “नामावली कार्ड हराएका र सच्याउनुपर्ने काममा लागेका छौँ ।”

विसं २०७७ माघ २५ गतेसम्म जिल्लामा दुई लाख ७८ हजार ३३३ मतदाता रहेको कार्यालयले जनाएको छ । “तीन लाख एक हजार ३७८ जनाको नामावली सङ्कलन गरेर पठाएको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो–“आयोगबाट दुई लाख ९७ हजार ३४१ मतदाताको विवरण आएको छ ।” आगामी चैत मसान्तभित्र आयोगले जिल्लाको अन्तिम मतदाता नामावली उपलब्ध गराउने बताइएको छ । मङ्सिरयता दुई चरणमा कार्यालयले मतदाता नामावली सङ्कलन गरेको थियो । कार्यालयका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ६७ हजार १७८ मतदाता छन् ।

त्यसैगरी बेदकोट नगरपालिकामा ३२ हजार ९५३, शुक्लाफाँटामा ३१ हजार ५४६, कृष्णपुरमा ४० हजार ५७३, दोधारा चाँदनी नगरपालिकामा २७ हजार ७४, बेलौरी नगरपालिकामा ३४ हजार ८८६, पुर्नबासमा ३४ हजार १८१, लालझाडी गाउँपालिकामा १४ हजार १७१ र बेल्डाँडी गाउँपालिकामा १४ हजार ७७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु भएकाको विवरण आयोगमा पठाइसकेपछि मतदाता सङ्ख्या घट्ने देखिन्छ । विष्टले भन्नुभयो, “अन्तिम नामावलीका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)