सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति


  • माउन्टेन खबर
  • आइतवार, साउन ३, २०८३
  • 68
    SHARES

काठमाडौँ –  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठुला दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेश विपरीत रहेको भन्दै त्यसप्रति नेपाली काँग्रेस सहमत हुन नसक्ने स्पष्ट पार्नुभएको छ।

 

 

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बिपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले तीन दल मिलेर सरकार गठन गर्नु प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने अभ्यास हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान गर्ने बताउनुभयो।

उहाँले सरकारमा सहभागी हुनु मात्र काँग्रेसको उद्देश्य नभएको उल्लेख गर्दै परिणाम जे भए पनि पार्टीले अब सिद्धान्तमा सम्झौता नगर्ने र विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशको भावना विपरीत भएकाले काँग्रेसले त्यसलाई अस्वीकार गरेको उहाँको भनाइ थियो।

सभापति थापाले वि।सं। २०७२ यताका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै सत्तालाई नै सबै थोक मान्ने सोचका कारण नेपाली राजनीति अस्थिर र दिशाहीन बन्दै गएको टिप्पणी गर्नुभयो। चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्को दलसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिकामै अन्योल सिर्जना भएको उहाँले बताउनुभयो।

राजनीतिक दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उहाँले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल एकाएक सत्तामा जाने अवस्थाले राजनीतिको विश्वसनीयता कमजोर बनेको धारणा राख्नुभयो। यस्तो प्रवृत्तिले काँग्रेससहित पुराना राजनीतिक दलहरूले ठुलो राजनीतिक मूल्य चुकाउनुपरेको उहाँले उल्लेख गर्नुभयो।

सभापति थापाले चुनावी गठबन्धन र बदलिँदो सत्ता समीकरणका कारण राजनीतिक दलहरूको वैचारिक पहिचानसमेत सङ्कटमा परेको बताउँदै अब काँग्रेस सत्ता प्राप्ति वा सरकार टिकाउने खेलमा मात्र केन्द्रित नहुने स्पष्ट पार्नुभयो। उहाँले जनादेश, लोकतान्त्रिक मूल्य र पार्टीका आधारभूत सिद्धान्तलाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)