आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशमा लगातार तीन दिन होली मनाइदै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ३, २०७८
  • 584
    SHARES

३ चैत, काठमाडौं । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो ।मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले, चैत कृष्ण प्रतिपदाका दिन र मधेशी समुदायले उदाउँदो पूर्णिमा तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार जनकपुरमा शनिबार होली खेलिने छ । “माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ”, मैथिल परम्पराबारे बताउँदै जनकपुरका पत्रकार वीरेन्द्र रमणले भन्नुभयो । यसकारण मधेशमा यसपालि लगातार तीन दिन ‘होली’ हुने भएकोे हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)