सोमवार, बैशाख ३१, २०८१

प्रेम गीत ३ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक !


  • माउन्टेन खबर
  • बुधबार, माघ २९, २०७६
  • 754
    SHARES

निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत रहेको चलचित्र ‘प्रेमगीत ३’ को “हात्ती ढुंगामा” गित सार्बजनिक भएको छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको उक्त सार्बजनिक गीतमा सगर आले र मेलिना राई को स्वर रहेको छ भने सब्द हर्क सौद तथा संगीत कल्याण सिङ्ग को रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफ गरेको सो गीतको भिडियोलाई बनिश शाह र भुपेन्द्र अधिकारी ले सम्पादन गरेका छन् । भिडियोमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, लगायतका कलाकारको अभिनय रहेको देख्न सकिन्छ ।

तीन करोड लागतमा बनेको चलचित्रलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् भने सो चलचित्र ३ हजार ५ सय मिटर उचाइमा मनाङको अधिकांश हिउँ परिरहेको ठाउमा छायांकन गरिएको छ । ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }