बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा भन्सारले माघमा उठायो लक्ष्यभन्दा साढे ३५ प्रतिशत बढी राजश्व


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०७६
  • 776
    SHARES

रसुवा, ६ फागुन

रसुवा भन्सार कार्यालय टिमुरेले माघ महिनामा लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व उठाएको छ । कार्यालयले चालु आर्थिक बर्ष २०७६÷०७७ को माघ महिनामा राखेको लक्ष्यभन्दा ३५ दशमलव ६३ प्रतिशत बढी राजश्व असुली गरेको हो ।

माघ महिनामा ४६ करोड ७८ लाख ९१ हजार राजश्व असुली लक्ष्य राखेको कार्यालयले ६३ करोड ४६ लाख ४ हजार रुपैया राजश्व सङ्कलन गरेको भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए । जुन लक्ष्य भन्दा १६ करोड ६७ लाख १३ हजार बढी हो ।

कोरोना भाइरसका कारण १५ दिनदेखि आयात निर्माण ठप्प भएपनि भन्सार बिभागले तोकेको राजश्व असुली भएको भन्सार प्रमुख खड्काले बताए ।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको गएको छ । कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढ्दै गएको छ । तर चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि अहिले चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार ठप्प भएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवतजावतमा रोक लगाएपछि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवागढी नाका १५ दिनका लागि बन्द गरेको छ ।

केरुङ बाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दैै आएको याड समेत खाली हुदै गएको छ । दैनिक करोडौ रुपैया राजश्व संकलन गर्दे आएको भन्सार कार्यालय समेत अहिले सुनसान बनेको छ । यसैगरि दैनिक छ सय जना याडमा काम गर्दै आएका कामदारहरु समेत बेरोजगार बनेका छन् ।

पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । आवतजावत सुस्त रहेको थियो तर अहिले कोरोना भाइरसका कारण सूचना नै टाँसेर १५ दिनका लागि बन्द गरिएसँगै नाकाबाट हुने सम्पूर्ण कारोबार ठप्प भएको भन्सार प्रमुख खड्काले बताए ।

चिनिया पक्षले १५ दिन भनिए पनि कोरोना भाइरसको संक्रमण व्यवस्थापन नभएसम्म नाका बन्द हुन सक्ने बताइएको छ । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको व्यापारीहरुले बताएका छन् । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको छ । चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटि तथा हस्तकलाका सामाग्रीहरु जाने गरेको छ । रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)