बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस: इरानमा २ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ८, २०७६
  • 727
    SHARES

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ ।

इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो ।

चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)