बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताल रसुवामा चार बेड क्षमताको आइसुलेसन कक्ष स्थापना


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 702
    SHARES

जिल्ला अस्पताल रसुवामा चार बेड क्षमताको आइसुलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भएको शंका लागेका बिरामीको परीक्षण तथा उपचारका लागि बुधबारदेखि कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्लामा हालसम्म कोरोनाको बिरामी नभेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल कुमार खरेलले बताउनुभयो ।

जिल्ला कारागारमा बिहीबारदेखि प्रत्यक्ष भेटघाटमा रोक लगाइएको छ । जेलर कृष्णहरि पुडाशैनीका अनुसार कारागारमा कोरोनाको संक्रमण भित्रन नदिनका लागि आफन्तसँग फोनमा कुराकानी गर्न मात्र अनुमति दिइएको छ । सात जना राख्न सकिने गरी आइसुलेसन कक्षको पनि स्थापना भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्ला स्तरमा हुने सेमिनार, गोष्ठी, पर्व, मेला, महोत्सव वा यस्तै जनभेला नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले कोरोना भाइरस भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

जोखिम बढ्दै गएको रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा पनि हेल्थ डेक्स सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको छ ।

रसुवामा कोरोना भाइरसको संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाइएको छ । यसका लागि जिल्ला अस्पताल र रसुवागढी नाकामा भएको हेल्थ डेक्सलाई व्यवस्थित गरिएको छ । पूर्व तयारी स्वरूपमा आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था गरिएको छ ।

रसुवागढी नाकामा अस्थायी भवन निर्माण कार्य सुरु गरिएको छ । नाकामा रहेको हेल्थ डेक्समा संघ, प्रदेश र स्थानीय तहबाट चार जना स्वास्थ्यकर्मी राखिएको छ । जसमा दुई जना एमबिबिएस डक्टर, एक जना एचए र एक जना स्टाफ नर्सको व्यवस्था गरिएको छ ।

त्यहाँ परीक्षणका लागि आवशयक पर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिइ, मास्क, डिजिटल थर्मामिटर लगायतका आवश्यक सामग्री रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }