सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०८३
  • 75
    SHARES

काठमाडौं –  कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार नरदेवी स्थायी घर भएका श्रेष्ठको परिवारले शवको सनाखत गरेको हो। उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

मंगलबार कीर्तिपुरस्थित ट्याङ्लाफाँटको चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा.५ च ३०३८ नम्बरको सेतो रङको किया कारमा अचानक आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार चोकमा आएर रोकिएको कारभित्र सुरुमा सामान्य रूपमा आगो सल्किएको देखिएको थियो। केही क्षणमै आगो तीव्र रूपमा फैलिएको थियो।

आगलागीपछि स्थानीय र प्रहरीको सहयोगमा अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाइएको थियो। तर, कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार उक्त कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ।घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)