मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, साउन ६, २०८३
  • 76
    SHARES

काठमाडौं – सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सम्बन्धित गृहजिल्लामा गई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

भूमि समस्या समाधान समितिले बुधबार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा रहेका लाभग्राहीहरूको डिजिटल विवरणका आधारमा निवेदन फाराम तथा आवश्यक कागजातहरूको पीडीएफ फाइल तयार गरी सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको जनाएको छ। समितिले अब सम्बन्धित जिल्ला समिति तथा स्थानीय तहमा यथाशीघ्र सम्पर्क गर्न सबै लाभग्राहीलाई अनुरोध गरेको छ।

समितिको सूचनाअनुसार पहिलो चरणमा २९ जना सुकुम्वासीको नाम सार्वजनिक गरिएको छ। उनीहरूको नाममा देशका कुनै पनि स्थानमा जग्गा नरहेको पुष्टि भएपछि उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

यसका लागि सम्बन्धित लाभग्राहीले आफ्नो गृहजिल्लामा पुगेर जिल्ला समिति तथा स्थानीय तहसँग सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।

गत वैशाखमा सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउँदै डोजर चलाएको थियो। त्यसपछि विस्थापित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। हाल पनि ती होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई स्थायी व्यवस्थापनको प्रक्रिया अघि बढाउन सम्बन्धित गृहजिल्लामा जान सरकारले आग्रह गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)