आइतवार, बैशाख ३०, २०८१

किन लाग्छ खिया? जान्नैपर्ने कुरा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 501
    SHARES

हामीले काँटी वा फलामबाट बनेको कुनै पनि वस्तुलाई चिसो या ओसिलो ठाउँमा केही दिनको लागि राख्यौँ भने त्यसमा खिया लाग्ने गर्छ । मानौं त्यसमा कसैले आएर रातो रंग लाइदिएको होस् । आखिर खिया के हो त रु विशेष गरेर फलाम वा फलामबाट बनेका वस्तुहरुमा किन खिया लाग्छ त ?

वास्तवमा खिया केही नभएर फलाम र हावाको मिश्रण मात्र हो । जब फलाम र पानीमा रहेको अक्सिजनले प्रतिक्रिया गर्छ, तब खिया बन्छ । यसको अर्थ हावामा ओसिलोपना वा पानी नभएसम्म खिया लाग्दैन । जब पानीको थोपा फलाम पर्छ, केही समयसम्म त त्यो त्यति कै नै रहने गर्छ । तर केही समय पछि पानीमा रहेको अक्सिजनका अणुहरु र फलामका अणुहरु मिल्न थाल्छन् र आइरन् अक्साइडको निर्माण हुन्छ । जुन मिश्रण नै वास्तवमा खिया हो । पानीको थोपा सूर्यको प्रकाश, हावा वा तातोले गर्दा उडेर गए पछि फलाममा खिया बस्ने गर्छ । यसको रंग खैरो रातो हुन्छ ।

एक पटक खिया लागेपछि त्यो सुख्खा हावामा पनि फैलिन सक्छ । किनभने खियाले हावा भएको जति पनि ओसिलोपनालाई सोस्न सक्छ । त्यही भएर लागिसकेको खियालई रोक्नुभन्दा खिया लाग्नु नदिन नै सजिलो हुन्छ ।

हामी फलाम वा फलामबाट बनेका वस्तुलाई धेरै समयको लागि नचलाई राख्ने गर्छौ । तिनीहरुमा खिया लाग्ने सम्भावना निकै नै धेरै हुन्छ । त्यही भएर तिनीहरुलाई खियाबाट जोगाउनु जरुरी छ । खियाबाट बचाउन फलामलाई विशेष प्रकारको रंग वा प्लास्टिकमा राख्ने गरिन्छ । तेलको प्रयोगले पनि खिया लाग्नबाट जोगाउन सकिन्छ ।

तर ठूला जहाजहरु तथा फलामले बनेको यन्त्रहरुको भित्री सामानहरुमा खिया लाग्नबाट जोगाउन चाहिँ के गर्नु पर्छ त रु यो समस्याको समाधानको लागि डिह्युमिडिफायर्स नामक यन्त्रको प्रयोग गरिन्छ । यो यन्त्रले जहाजको भित्री भागबाट ओसिलो हावालाई सोस्ने गर्छ र सुख्खा हावा भर्ने गर्छ । यसरी राखिएका सामानहरुमा भने खिया लागिहाल्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }