बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाकामा हेल्थ डेक्स निर्माण सुरु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ५, २०७६
  • 618
    SHARES

नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेक्स भवन निर्माण सुरु गरिएको छ । बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको हेल्थ डेक्स व्यवस्थित बनाउनका लागि अस्थायी प्रि–फ्याब भवन निर्माण सुरु गरिएको हो ।

एउटा हल सहित तीन कोठे प्रि फ्याब भवन निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । उनले भने यसअघि टेन्ट र अस्थायी टहरामा हेल्थ डेक्स रहेको थियो, त्यसलाई व्यवस्थित बनाउनका लागि टेन्ट र अस्थायी टहरा भत्काएर त्यहि ठाउँमा प्रिफ्याब भवन निर्माणको काम सुरु भएको छ, ।

करिब १५ दिनमा निर्माण सम्पन्न गरिने काम भईरहेको समेत उनले बताए । सिमानामा निर्माण हुन लागेको अस्थायी प्रिफ्याब भवनको लागत ३९ लाख ५० हजार रुपैँया रहेको श्रेष्ठले बताए ।
फागुनको पहिलो साता बागमति प्रदेशका सामाजिक बिकास मन्त्रि युबराज दुलालले रसुवागढीमा गरेको स्थलगत भ्रमणका क्रममा नाकामा स्वास्थ्य परिक्षणको अबस्था देखे पछि बाग्मती प्रदेशबाट यो भवनको निमार्णको प्रक्रिया सुरु भएको होे । बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन निर्माणको जिम्मा स्वास्थ्य कार्यालय रसुवालाई दिएको थियो ।

हेल्थ डेक्स निर्माण पश्चात चिनबाट नेपाल आवतजावत गर्ने नागरिकहरुका लागि स्वास्थ्य परिक्षण गर्न सहयोग पुग्ने देखिएको छ ।
चेकजाँचलाई व्यवस्थित बनाउन नाकामा अस्थायी भवन निर्माणको प्रक्रिया सुरु भएपनि चीनबाट आएकाहरुलाई राख्नका लागि क्वारेन्टाइन भवन निर्माण गर्ने वा घर भाडामा लिएर राख्ने व्यवस्था मिलाउने भन्नेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

त्यसैगरि कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कार्यबिधि बनाइरहेको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । केन्द्रमा कार्यबिधि पनि बन्दै छ, हामीलाई अहिलेसम्म त्यस्तो निर्देशन केहि आएको छैन्, उनले भने, अहिले हामी चेकजाँचलाई कसरी व्यवस्थित गर्ने, के गर्ने भन्ने बिषयमा सबैसँग छलफल गरिरहेका छौँ,

नाकामा पूर्वाधार निर्माण भएसँगै नाका संचालनमा आउने भण्डारीले बताए । ‘चिनबाट ५० जना आए भने उनीहरुलाई ज्वरो आएन भनेर छोड्ने कुरा भएन्, १४ दिन क्वारेन्टाइनमा राखेर पठाउने खालको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसैले भवन निर्माण गर्नुपर्ने हुन्छ, भवन निर्माण पनि सुरु भइसकेको छ, उनले भने नाकामा पूर्वाधार निर्माण हुन अझै झन्डै एक महिना जति लाग्ला, ।

चिनमा फैलिएको कोरोना भाईरस संक्रमणलाई मध्यनजर राख्दै नाकाबाट हुने आवतजावत बन्द गरेसँगै चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी एक महिनादेखि सुनसान बनेको छ । यसअघि रसुवागढी नाका हुदै दैनिक एक सय देखि डेढ सयको संख्यामा चिनिया तथा बिदेशी पर्यटक नेपाल भित्रिने गरेका थिए । भने चीनमा कोरोना भाइरसको संक्रमण बढे पछि रसुवागढी नाकाहुँदै नेपाल प्रवेश गर्ने चिनिया तथा बिदेशी पर्यटकको संख्या हिजो आज सुन्य रहेको छ ।

नेपाल र चीन दुवैतर्फको गेट खुल्ला रहेपनि मानिस तथा सवारीको आवतजावत हुन सकेको छैन् । रसुवागढी नाका हुदै चिनको केरुङ सामान लिन हिडेका सवारी साधनहरु पनि नाकामै रोकिएर बसेका छन् । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको व्यापारीहरुले बताएका छन् ।अहिले नाकामा पुग्दा डिउटिमा खटिएका सुरक्षाकर्मि र स्वास्थ्यकर्मी मात्र भेटिन्छन् ।

कोरोना भाइरसले महामारीको रुप लिएपछि सुरुमा चिनिया पक्षले १५ दिन नाका बन्द गर्ने भनेपनि अहिले एक महिना बढी भइसकेको छ । तर कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको तथ्य सार्वजनिक भएसँगै नेपाली पक्ष अहिले नाका खोल्ने तरखरमा छैन् ।

रसुवागढी नाकामा रहेको हेल्थ डेक्स व्यवस्थित बनाएर मात्र नाका संचालनमा ल्याइने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘नाकामा रहेको हेल्थ डेक्स व्यवस्थित बनाउन पूर्वाधारहरु निर्माण हुदैछ, उनले भने पूर्वाधार निर्माण भएर हेल्थ डेक्सबाट हुने चेकजाँच व्यवस्थित बनेपछि मात्र नाका संचालनमा आउछ, अहिले तत्काल नाका खुल्दैन् ।

२०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको थियो ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको थियो । चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटि तथा हस्तकलाका सामाग्रीहरु जाने गरेको थियो ।

रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण नाकाबाट हुने सम्र्पूण आवतजावत रोकिदा नाकाबाट हुने आयात निर्यात प्रभाबित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }