बिहिबार, अशोज ४, २०८०

कोरोना भाइरसले इटाली प्रभावित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 741
    SHARES

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै चार लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मङ्गलबार साँझसम्मको आँकडामा तीन लाख ९२ हजार ४३५ जना सङ्क्रमित देखिएका छन् ।

यसमध्ये १७ हजार १४८ को मृत्यु भइसकेको छ । त्यस्तै एक लाख ३ हजार ३९५ जना उपचारपछि घर फर्केका छन् । दुई साताअघि घर फर्कनेको सङ्ख्या र बाँकी सङ्क्रमितको सङ्ख्या झण्डै आधा आधा जस्तै थियो । तर पछिल्लो समय कोरना फैलिएका देश र सङ्ख्या ह्वात्तै बढेको छ ।

मृतकहरूको सबभन्दा बढी सङ्ख्या इटलीमा रहेको छ । यहाँका ६३ हजार ९२७ सङ्क्रमितमध्ये अहिलेसम्म छ हजार ७७ को मृत्यु भइसकेको छ । शनिबार मात्रै ७९३ मानिसको मृत्यु भएको पुष्टि त्यहाँको सरकारले गरेको छ । इटलीभन्दा एक महिनाअघि कोरोना निस्किएको भएको चीनमा ८१ हजार ५४ सङ्क्रमितमध्ये तीन हजार २६१ जनाको ज्यान गुमेको थियो । यस मृत्युदरले विश्वलाई चकित पारेको छ ।

इटलीका प्रधानमन्त्री गिउसेप कान्टेले आफ्नो देशमा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा बढी क्षति भएको बताउनुभएको छ ।

इटलीपछि इरानमा एक हजार ५५५ जनाको मृत्यु भएको छ । सङ्क्रमितका हिसाबले इटलीपछि स्पेन छ । इरानमा २४ हजार ८११ सङ्क्रमित फेला परेका छन् । स्पेनमा तीव्र गतिले बढ्दै ३९ हजार ६७३ सङ्क्रमित पुगे । त्यहाँ दुई हजार २९६ को मृत्यु भएको छ । स्पेनपछि सङ्क्रमित र मृत्युदर बढ्दो देश अमेरिका हो । अमेरिकामा कुल सङ्क्रमित ह्वात्तै बढेर दुई दिनमै ४६ हजार १६८ पुगेको छ । त्यहाँ ५८२ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ