
नेपाली काग्रेसकि नेतृ तथा बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले आफनो एक महिनाको तलब सरकारद्धारा स्थापना गरिएको राहत कोषमा जम्मा गर्ने भएकि छिन् ।
कोरोना भाइरस बिरुद्ध लड्न नेपाल सरकारद्धारा गठित केन्द्रीय राहत कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकि हुन् ।
कोरोना भाइरस बिरुद्ध लड्न एकजुट हुनुपर्ने भन्दै सबैले आफुले सकेको ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताएकि छिन् । आफुले सकेको सहयोग गर्न उनले सबैमा अपिल समेत गरेकि छिन् ।