शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल टेलिकमले रिचार्जमा बोनस दिने, बिहीबारदेखि अफर लागू हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 481
    SHARES

काठमाडौँ ,  नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ ।

यो अफर ७ दिनको लागि हो । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो ।

टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । यो बोनसबाट व्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज गरिद गर्न वा गिफ्ट पठाउन नपाइने कम्पनीले जनाएको छ ।

५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।

विद्युतीय प्रणालीबाट १ हुने एक हजार माथिको रिचार्ज गर्दा भने बोनस व्यालेन्स १० दिनभित्र खपत गर्नुपर्नेछ ।

कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरघरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }