
काठमाडौं । सरकारले अब छिट्टै सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने भएकाे छ । बुधबार पत्रकार सम्मलेन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब छिट्टै नै सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने बताएका हुन् ।
कोरोना परिक्षण ल्याब सातै प्रदेशमा नहुँदा निकै समस्या भइरहेको स्वास्थ्य संस्थाहरुले बताउँदै आएकाे अवस्थामा सरकारले अब याे कदम चालेकाे हाे ।
हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण भइरहेको छ भने अब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परिक्षण सुरु गर्ने ढकालले बताए ।
राष्ट्रिय प्रयोगशाला हालसम्म ६ सय ८७ जनाको कोरोना परीक्षण भइसकेको छ । त्यसमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।