बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समूह जी-२० सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्स गर्दै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 830
    SHARES

काठमाडौं, चैत्र १३ः कोरोना भाइरस कोभिड-१९ को कारण विश्वव्यापी स्वास्थ्य संकट बढ्दै गएपछि विश्वका २० ओटा औद्योगिक राष्ट्रहरुको समूह जी-२० सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्स गरी विपद्को बारेमा छलफल गर्न लागेका छन् ।

१९ ओटा औद्योगिक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरु र यूरोपेली यूनियनका प्रमुख सहभागी हुने भनिएको भिडियो सम्मेलनले सङ्क्रमण नियन्त्रण र राहतका लागि योजनाहरु पारित गर्ने बताइएको छ ।

जी-२० भर्चुअल समिट नाम दिइएको सम्मेलनमा भाइरसको बढ्दै गएको सङ्क्रमण दर र उपचार विधीबारेमा पनि विचार विमर्श हुने बताइएको छ ।

यसअघी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रहरुका बीचमा पहिलो पटक कोरोना सङ्क्रमणको विषयलाई लिएर भिडियो सम्मेलनको आयोजना गरिएको थियो ।

यसैबीच कोरोनाको रोकथाम र उपचारका लागि संयुक्त राष्ट्र संघले दुइ अर्ब अमेरिकी डलरको मानवीय सहायता कोष स्थापना गरेको छ । सम्पूर्ण मानव विश्वलाई नै खतरा बनिरहेको भाइरसको नियन्त्रणका लागि कोषको रकम परिचालन हुने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)