बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ बाट विश्वभर साढे ४ लाख मानिस सङ्क्रमित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 577
    SHARES

काठमाडौं, चैत्र १३ः यूरोपलाई केन्द्रविन्दू बनाएर फैलिइरहेको कोरोना भाइरस कोभिड-१९को सङ्क्रमणबाट स्पेनमा पनि ३४ सय ३४ जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७३८ जनाको मृत्यु भयो । मृत्यु हुनेको यो ठूलो संख्याले स्पेनलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुने विश्वकै दोस्रो मुलुक बनाएको छ । त्यहाँ विभिन्न अस्पतालहरुमा २७ हजार भन्दा बढी सङ्क्रमितको उपचार भइरहेको छ । त्यहाका उपप्रधानमन्त्रीलाई पनि सङ्क्रमण भएको पुष्टी भएको छ ।

अहिलेसम्म कोरोनाले इटालीमा सबैभन्दा धेरै ७ हजार ५०३ जनाको ज्यान लिइसकेको छ । शुरुवाती दिनमा सबैभन्दा बढी प्रभावित चीनमा भने ३२ सय ८५ जनाको मृत्यु भएको थियो ।

युरोपकै अर्को प्रभावित मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै २३१ जनाको मृत्यु भयो । त्यहाँ अहिलेसम्म १३ सय ३१ जनाको ज्यान गइसकेको छ ।

उता युवराज चार्ल्सलाई समेत सङ्क्रमित बनाएको भाइरसले इङ्ल्याण्डमा मात्रै ४१४ जनाको ज्यान लिइसकेको छ । वेल्स र स्कटल्याण्डमा २२-२२ जनाको मृत्यु भएको छ भने उत्तरी आयरल्याण्डमा आठ जनाले ज्यान गुमाएका छन् ।

देशव्यापी लकडाउन गरेको छिमेकी मुलुक भारतमा १२ जनाको मृत्यु भइसकेको छ भने ६०० बढी सङ्क्रमित भएका छन् । विश्वभर सङ्क्रमितको संख्या ४ लाख ६० हजार नाघेको छ ।

२० हजार भन्दा बढीको मृत्यु भएको छ । सङ्क्रमित मध्ये १ लाख १० हजार भन्दा बढी मानिसहरु उपचार पछि निको भएर घर फर्किएको जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)