मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा २ सय १० शैयाको क्वारेन्टाइन र ३५ शैयाको आइसोलेसन निर्माण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 653
    SHARES

रसुवामा २ सय १० शैयाको क्वारेन्टाइन र ३५ शैयाको आइसोलेसन निर्माण गरिएको छ । बिश्वव्यापि संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको पाँच वटै गाउँपालिकामा २ सय १० शैयाको क्वारेन्टाइन र ३५ शैयाको आइसोलेसन निर्माण गरिएको हो ।

जिल्लाका पाँच वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले जिल्लामा रहेका बिद्यालय, सरकारी भवन लगायतमा क्वारेनटाइन र आइसोलेसन कक्ष निर्माण गरेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लाका बिभिन्न ८ स्थानमा क्वारेनटाइन र दुई स्थानमा आइसोलेसन कक्ष स्थापना भएको समेत उनले बताए ।

चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा रहेका होटल तथा लज भाडामा लिई ३० शैया, स्याफ्रुवेशीमा रहेको कोमिन श्याङफेल मा.वि.मा १५ शैया, सदरमुकाम धुन्चे बजार क्षेत्रमा रहेको कृषि ज्ञान केन्द्र र पशु विज्ञ तथा भेटेनरी अस्पतालमा ५० शैया, जिल्लाको कालिका गाउँपालिकाको कालिकास्थान स्थित कालिका हिमालय कलेजमा ५० शैया, आमाछोदिङ्मो गाउँपालिका थाम्वुचेत स्थित सरस्वती नि.मा.वि.मा १५ शैया, नौकुण्ड गाउँपालिकाको पारच्र्याङ स्थित गाउँपालिकाको भवनमा १५ शैया , उत्तरगया गाउँपालिका डाडाँगाउँ स्थित डाडाँगाउँ मा.वि. मा १५ शैया, र लहरेपौवास्थित सांसद मोहन आचार्यको घरमा २० शैयाको क्वारेनटाइन निर्माण भएको छ ।

त्यसैगरि सदरमुकाम धुन्चेमा रहेको महिला विकास भवनमा २० शैया र जिबजिबे ग्रामिण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष निर्माण भएको छ । कोरोनाको संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउनका लागि क्वारेनटाइन र आइसोलेसन कक्ष निर्माण भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

क्वारेन्टाइन र आइसोलेसन कक्ष व्यवस्थापनको काम सकिएको र संचालन गर्नका लागि प्रोटोकल आवश्यकता पर्ने हुदाँ सरोकारवालासँग छलफल भइरहेको समेत उनले बताए ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले ७२ घण्टाभित्र २ सय १० शैयाको क्वारेनटाइन र ३५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो सोहि अनुरुप ७२ घण्टामा उक्त निर्माण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)