बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट जोगिन समदूरी कायम राखौँ: सांसद आचार्य


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 928
    SHARES

काठमाडौँ, १३ चैत । नेपाली काँग्रेसका सांसद मोहन आचार्यले नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणबाट जोगिन देशबासीलाई आग्रह गर्नुभएको छ ।

रसुवाबाट प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित सांसद आचार्यले आज एक विज्ञप्ती जारी गर्दै विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिसकेको भन्दै जोगिनका लागि आग्रह गर्नुभएको हो ।

“चीनको वुहान प्रान्तबाट फैलँदै गएको कोरोनाको उपचार अहिलेसम्म पत्ता लगाउन सकिएको छैन, सरुवा रोग भएको कारण रोग सर्न नदिन समदूरी कायम राख्न म सबैलाई अनुरोध गर्दछु,”–सांसद आचार्यले भन्नुभएको छ ।

उहाँले देशैभरीका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको सुरक्षाका लागि सरकारले तत्काल आवश्यक सामाग्री खरिद गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद आचार्यले सरकारले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको विवरण यथाशक्य छिटो सङ्कलन गरेर ल्याव टेस्टको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्ने उहाँको भनाई थियो । कोरोना सङ्क्रमण रोकथामका लागि प्रमुख प्रतिपक्षी दल काँग्रेसले समेत सरकारलाई साथ र सहयोग रहने उहाले स्पष्ट पार्नुभयो ।

उहाँले सिंगो विश्वनै कोरोनासँग जुधिरहँदा आफ्नो सुरक्षाका लागि घरभित्र बस्न सिङ्गो देशबासीलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)