बिहिबार, अशोज ४, २०८०

वीरगञ्ज नाकाबाट निर्वाध ग्यास र पेट्रोल भित्रिदैँ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 598
    SHARES

काठमाडौं, चैत्र १४ः कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् ।

भन्सार कार्यालयका अनुसार चैत १० गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ ।

सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने हिजोपनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताउनुभयो ।

यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाबारा अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् । लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ