बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनौपचारिक क्षेत्रका श्रमिकलाई राहतको व्यवस्था गर्न आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 872
    SHARES

काठमाडौँ, १४ चैत । विश्वमा फैलिँदै गएको नोबेल कोरोना भाइरस कोभिड–१९ का कारण अनौपचारिक क्षेत्रका श्रमिक समस्यामा परेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत प्रधानमन्त्रीलाई बिहिबार बुझाएको सुझावपत्रमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि निश्चित समयसम्म खानपानको व्यवस्था गरिनुपर्ने बताउनुभएको हो ।

तथ्याङ्क विभाग सन्२०१७÷१८० को आकँडाअनुसार मुलुकभित्र ८४ दशमलव ६ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । अहिलेपनि सञ्चालनमा रहेका अत्यावश्यक वस्तु उत्पादक कम्पनीमा कार्यरत श्रमिकलाई पीपीइको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार चाँडो पीपीइ उपलब्ध गराउनुपर्ने, श्रमिकको चेकजाँचको लागि प्रत्येक प्रदेशमा कोरोना भाइरस चेकजाँच केन्द्रको स्थापना गर्नुपर्ने उपाध्यक्ष राईको सुझाव छ ।

अत्यावश्यक सेवामा कार्यरत श्रमिकलाई आवश्यक पर्ने स्वास्थ्य समाग्रीको व्यवस्था गर्नुपर्ने, लामो दूरीका अत्यावश्यक सेवाका सवारी चलाउने यातायात मजदुरलाई खाने र बस्ने व्यवस्था गर्नुपर्ने, प्रवासी श्रमिकको स्वास्थ्यबारे सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमार्फत रिपोर्ट लिनसमेत अनुरोध गरिएको छ ।

यस्तै, कोरोना भाइरसको वहानामा भावी दिनमा उद्योगी व्यवसायीबाट हुन सक्ने श्रमिक कटौतीप्रति सचेत रहँदै स्वरोजगार गरिरहेका साना उद्यमी तथा श्रमिकको बैङ्क किस्ता र ब्याजमा केही महिनाका लागि सहज बनाउनुपर्ने सुझावपत्रमा पेश गरिएको छ । मजदूरको समस्या समाधानका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई पनि परिचालन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)