रसुवा, १५ चैत, चिनसँगको उत्तरी नाका रसुवागढी खोल्ने सरकारको निर्णय प्रति नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रसुवाले आपत्ती जनाएको छ । शुक्रबार नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रसुवाका सभापति पेम्बाछिरिङ तामाङले बिज्ञप्ति जारी गर्दै रसुवागढी नाका खोल्ने सरकारको निर्णय प्रति आपत्ती जनाएका हुन् ।
कोरोनाको जोखिम र संक्रमणको स्थिती भयावह बन्दै गएको अवस्थामा रसुवागढी नाका खोल्न बिभिन्न खाले चलखेल र सक्रियता रहेको काङ्ग्रेसको आरोप छ ।
अहिलेको अवस्थामा नाका खोल्दा मानिसको चहलपहल बढ्ने र कोरोनाको संक्रमण हुने उच्च जोखिम रहेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रसुवाका सभापति पेम्बाछिरिङ तामाङले बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
रसुवागढी नाकाबाट अत्यावश्यक औषधी, कोरोना नियन्त्रणका लागि प्रयोग हुने अत्यावश्यक सामाग्री मात्रै ढुवानीको व्यवस्था गर्न समेत काङ्ग्रेसले माग गरेको छ ।
हेर्नुस बिज्ञप्ति

